कोशी, बागमती,गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

पर्वत ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मूख्यतया सफा रहेको छ। कोशी, बागमती र कर्णाली प्रदेशका एक/दुई स्थान हल्का वर्षाभै रहेको छ।

मंगलबार दिउसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी , बागमती ,गण्डकी  र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

यस्तै, मंगलबार राती देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । साथै सुदूरपश्चिम प्रदेशका एक/ दुई स्थानगमा धेरै भारी वर्षाको सम्भावना रहको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *