क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्धामा दोषी ठहर

काठमाडौँ ।

काठमाडौं जिल्ला अदालतले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई दोषी ठहर गरेको छ । शुक्रबार सो मुद्दामा न्यायाधीश शिशिरराज ढकालको इजलासमा पीडित र पीडक दुवैतर्फका वकिलहरुले बहस सकेपछि दोषी ठहर गरेको हो ।

सरकारी वकिल र पीडितका वकिलले बहस गरिसकेपछि आरोपित लामिछानेको पक्षका कानुन व्यवसायीले बहस गरेका थिए । त्यसपछि जवाफी बहस भएको थियो ।

त्यसक्रममा पीडित गौशाला २६ ले समेत आफ्ना कुरा राखेकी थिइन् । उनले कुरा राखेपछि न्यायाधीश ढकालले दोषी ठहर गरेका हुन् । उनको सजाय निर्धारण पछि हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *