गण्डकीमा राइड सेयरिङ अनिवार्य दर्ता गरी चलाउनु पर्ने

पोखरा ।

विनादर्ता  चलिरहेका राइड सेयरिङलाई गण्डकी प्रदेश सरकारले वैधानिकता दिने तयारी थालेको छ ।

पठाओ , इन्ड्राइभ जस्ता राइड सेयरिङ यात्रुमाझ लोकप्रिय छन् । गण्डकी प्रदेशको राजधानी पोखरामा पनि ‘इन्ड्राइभ’ प्रयोगकर्ता यात्रु बढ्दै छन् ।

गण्डकीको आर्थिक विधयेकले राइड सेयरिङलाई अनिवार्य दर्ता गर्नु पर्ने व्यवस्था गरेको हो ।  यातायात व्यवस्था कार्यालय बाट २०८० चैत मसान्तसम्म अनिवार्य अनुमति लिनुपर्ने भएको छ  ।

दुईपांग्रे सवारीको दर्ता शुल्क २५ हजार रुपैयाँ तोकिएको छ भने चार पाङ्ग्रे सवारीको ५० हजार रुपैयाँ लाग्नेछ । नविकरण शुल्क १२ हजार ५ सय लाग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *