पोखरा ।
गण्डकी प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. कृष्णचन्द्र देवकोटा नियुक्त हुनुभएको छ । गण्डकी प्रदेश सरकारको बिहीबार भएको मन्त्रिपरिषद् बैठकले देवकोटालाई नियुक्त गर्र्ने निर्णय गरेको हो ।
बिहीबार मुख्यमन्त्री नियुक्त हुनुभएका नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले डा. देवकोटालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । यसअघिको पाण्डे नेतृत्वको गण्डकी सरकारमा पनि डा. देवकोटा उपाध्यक्ष हुनुहुन्थ्यो ।