गण्डकी प्रदेश सरकारबाट माओवादी मन्त्रीहरु बाहिरिने

पोखरा ।
गण्डकी प्रदेश सरकारबाट माओवादी मन्त्रीहरुले भाली मुख्यमन्त्री खगराज अधिकारीलाई राजीनामा बुझाउने तयारी गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार संसदीय दलका नेता हरिबहादुर चुमानलाई सरकारबाट बाहिरन र समर्थन पनि फिर्ता लिन निर्देशन दिएका हुन् । चुमानका अनुसार शुक्रबार संसदीय दलको बैठक डाकिएको छ ।

स्रोतका अनुसार बैठकले सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने तयारी गर्नेछ । माओवादीबाट खगराज अधिकारी नेतृत्वको सरकारमा २ मन्त्री छन् । माओवादी संसदीय दलका नेता चुमान भौतिक पूर्वाधार मन्त्री र रेशमबहादुर जग्जाली उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री छन् । राष्ट्रपति निर्वाचनको पूर्व सन्ध्यामा एमाले–माओवादीसहितको गठबन्धन  टुटेपछि गण्डकी प्रदेश सरकार  अल्पमतमा पर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *