गाउँपालिका अध्यक्ष शर्मा द्दारा घर घरमै पुगेर न्यानो कपडा,औषधी वितरण

मोदी गाउँपालिकाले गाउँपालिका भित्र रहेका जेष्ठ नागरिकलाई न्यानो कपडा तथा औषधी वितरण कार्यक्रम सुरुवात गरेको छ । गाउँपालिका भित्र रहेका ८४ बर्ष माथिका जेष्ठ नागरिकलाई ब्लाङकेट, मालिश गर्ने तेल,त्रिफला र च्यावनप्राश लगायतका औषधी वितरण गरेको हो ।जेष्ठ नागरिक अनुभव आदानप्रदान न्यानो कपडा वितरण तथा रोग प्रतिरोधक आयुर्वेद औषधी,स्वास्थ्य परिक्षण र पौष्टिक आहार’ कार्यक्रम अन्तर्गत रहेर गाउँपालिका भित्रका २५० जेष्ठ नागरिकहरुलाई सम्मान स्वरुप सामाग्री प्रदान गर्न लागिएको गाउँपालिका अध्यक्ष हिरादेवी शर्माले बताउँनुभयो । उहाँले जेष्ठ नागरिक समुदायमा प्रेरणाको स्रोत भएको बताउँदै जेष्ठ नागरिकहरुलाई सम्मान गर्नुपर्ने बताउँनुभयो । शर्माले जेष्ठ नागरिकलाई ब्लाङकेट ओडाउदै जाडोको बेला ब्लाङकेटले न्यानो बनाउँने र औषधीले शरिरलाई तन्दुरुष्ट राख्न मदत पु¥याउँने बताउँनुभयो । उहाँले सम्भव हुनेलाई वडा कार्यालयमा बोलाएर र नहुनेलाई घर घरमै पुगेर न्यानो कपडा र औषधी वितरण गर्ने बताउँनुभयो । शुक्रबार मोदी गाउँपालिका १ ,६ भुक ,तिलाहारमा शर्माले पायक पर्ने जेष्ठ नागरिकलाई वडामा र नपर्ने जेष्ठ नागरिकलाई घर घरमै पुगेर न्यानो कपडा र औषधी वितरण गर्नुभएको छ । सोही कार्यक्रम अन्तर्गत माघ ४ गते मोदी गाउँपालिका ५ क्यांगमा, माघ ५ गते देउपुर २ मा माघ ६ गते भुक ,तिलाहार सम्मान गरिएको र बाँकी वडामा क्रमशः माघ ७ गते राम्जा चित्रे माघ ८ गते मोदी सभाहल ,देउराली ३ मा माघ ९ गते बाजुङ ५ मा जेष्ठनागरिक सम्मान गरिने स्वास्थ शाखा कविराज निरीक्षक प्रकाश चन्द्र सुबेदीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *