ग्यास लिक भएर आगलागी हुँदा पिपलटारीमा एक महिलाको मृत्यु

पर्वत ।

जिल्लाको  पिपलटारीमा खाना पकाउने ग्यास सिलिन्डर लिक भएर आगलागी हुँदा एक जना महिलाको मृत्यु भएको छ ।  आईतबार भएको सो घटनामा दुर्गा देवी पौडेलको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

कुश्मा नगरपालिका १० पिपलटारी तल्लो रोहोटेमा आइतबार विहान ग्याँस लिक भएर ग्याँस विस्फोट हुदाँ अन्दाजी ५२ बर्षिय ध्रुव रेग्मी र तिला रेग्मी घाइते भएका वार्ड अध्यक्ष रामचन्द्र सुवेदीले जानाकारी दिनुभयो ।

बृद्ध महिला पौडेलको घटनास्थलमा नै मृत्यु भएको हो। गम्भिर अवस्थामा रहेका ध्रुव रेग्मीलाई जिल्ला अस्पताल पर्वतबाट पोखरा रिफर गर्न लागिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *