कास्की ।
पर्यटकीय गाउँ घान्द्रुकमा आज जिप दुर्घटना हुँदा घटनास्थलमै ८ जनाको मृत्यु भएको छ । १ जना भीरमा अड्किएर बाँचेका छन् ।
ग१ज ६९०० नम्बरको जिप मोदी खोलामा खसेर दुर्घटना भएको थियो । उक्त जिप नयाँपुलबाट घान्द्रुकका लागि छुटेको थियो । पोखराबाट एउटा अर्को साधनमा गएका यात्रु नयाँपुलबाट उक्त जिपमा गएका थिए ।
उक्त घटनाको पुष्टि गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले आफूहरु घटनास्थलतर्फ गइरहेको बताए ।
अहिले उद्धार कार्य जारी रहेकाले थप विवरण आउन बाँकी छ ।