चित्रेमा दोस्रो राष्ट्रिय सभा अध्यक्ष कप भलिवल प्रतियोगिता शुरू

मोदी, पर्वत ।

जिल्लाको मोदी गाउँपालिका वडा नं. ८ चित्रेमा दोस्रो राष्ट्रिय सभा अध्यक्ष कप भलिवल प्रतियोगिता आजबाट शुरु भएको छ । प्रतियोगिताको राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गर्नुभएको छ ।

प्रतियोगिताको उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले खेल क्षेत्रको विकासवाट मुलुकको आर्थिक र पर्यटन क्षेत्रको समृद्धि र विकास गर्न सकिने बताउँदै यस्ता प्रतियोगिताले ग्रामीण क्षेत्रका खेलाडीहरुको अनुभव र क्षमताको विकास हुने बताउनुभयो ।

उक्त कार्यक्रममा प्रतिनिधि सभा सदस्य सांसद पदम गिरी, संविधान सभा सदस्य अर्जुनप्रसाद जोशी, गण्डकी प्रदेश सभा सदस्य ललितकला गुरुङ लगायतले पनि सम्वोधन गर्नुभएको थियो ।

सोही अवसरमा अध्यक्ष तिमिल्सिनाले जनसिद्ध मावि चित्रेमा बनेको चार कोठे भुकम्प प्रतिरोधी भवनको समेत उद्घाटन गर्नुभएको थियो ।

यहि चैत १६ गतेदेखि २० गतेसम्म आयोजित वडा स्तरीय भलिवल प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । खेलमा प्रथम पुरस्कार राशी रु १ लाख ५१ हजार १११, द्धितिय रु १ लाख १ हजार १११ र तृतिय रु ५१ हजार १११ रुपैया र कप, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने मोदी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत किसानबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

कार्यक्रमका थप आकर्षणका रूपमा रत्यौली प्रतियोगिता, डोरी तान्ने प्रतियोगिता, छेलो फाल्ने प्रतियोगिता समेत आयोजना गरिएको छ । प्रतियोगितामा प्रथम हुनेले रु १५ हजार राशिको पुरस्कार पाउने छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *