पर्वत ।
जिल्लाको मोदी गाउँपालिकाको पर्यटकीय गाउँ चित्रेमा मेलमिलाप सम्बन्धि ४८ घण्टे तालिम शुरु भएको छ । आठ दिन सम्म चल्ने तालिमको भव्य समारोहका वीच पूर्व स्वास्थ्य मन्त्री तथा एमाले प्रमुख सचेतक पदम गिरीले उद्घाटन गर्नु भयो ।
प्रमुख अतिथिको रुपमा तालिमको उद्घाटन गर्दै गिरीले गाउँ वस्तीहरुमा हुने झै झगडाहरुलाई मेलमिलापको नीति मार्फत अगाडि बढाउनका लागि मेलमिलापकर्ताहरुले महत्वपूर्ण भूमिका खेल्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा मोदी गाउँपालिका अध्यक्ष हिरादेवी शर्मा, गाउँपालिका उपाध्यक्ष बिमल लामिछाने लगायतका वक्ताहरुले स्थानीय विवादहरुको समाधान स्थानीय स्तरबाटै गर्दा प्रभावकारी र दिगो हुने विचार व्यक्त गर्नु भयो ।
सहजकर्ता ममता शर्माले सहजीकरण गर्नु भएको तालिम काे उद्घाटन सत्रको सन्चालन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल गौतमले गर्नु भएको थियो भने सहभागीहरुलाई स्वागत वडा न ८ चित्रेका वडा अध्यक्ष सुकबहादुर गुरुङले गर्नुभएको थियो । भदौ २१ गते देखि शुरु भएको तालिम आगामी भदौ २८ गतेसम्म सञ्चालन हुनेछ ।

