मोदीगाउपालिका २ देउपुका जनप्रतिनिधिहरुले सिचाईको नहर आफै निर्माण गरि खेत सम्म पानि पुराएका छन । बारम्बार स्थानियले नहरको समस्या देखाएपछी जनप्रतिनिधिहरु आफैले गल गैची बोकेर मुहानको पानि खेतसम्म लगि वडा बासिहरुलाई लाभान्वित बनाएका छन । देउपुरको ढाडखेत पसलङ सिचाई को मुहानबाट खेतमा आउने नहर समेत नभएको र किसानलाई खेतमा पानि लगाउन समस्या भएको बेला मोदी गाउपालिका २ का जनप्रतिनिधिहरुले आफै पुगेर सिचाई नहर निर्माण गरेका छन । तत्काल खेतमा पानि लगाउन पर्ने र वडामा पनि आवश्यक बजेट तत्कालै नभएका कारण जनप्रतिनिधिहरु आफै उपस्थित भएर सिचाई नहर निर्माण गरेको मोदी गाउपालिकाका प्रवक्ता तथा वडा नम्वर २ का वडा अध्यक्ष बेल बहादुर कार्कीले बताउनुभयो । वडाबाट हुने सेवा सुविधा सहित आफुले श्रमदान देखी हरपल वडा वासीहरुको सेवामा लागि रहने कार्कीले जानकारी दिनुभयो ।
नहर सिचाईका लागि तत्काल एकलाख रुपैयाँ लाग्ने अनुमान गरिएको सिचाई योजनालाई जनप्रतिनिधिको श्रमले एकै छिनमा खेतमा पनि आउदा स्थानिय डम्मर बहादुर हमाल हर्षित हुनुभएको छ । जनप्रतिनिधिले बनाएको सिचाई नहरमा सात परिवारले सिचाई गर्ने वडा सदस्य यामनारायण चापागाईले बताउनुभयो। वडा अध्यक्ष बेल बहादुर कार्की,कार्यपालिका सदस्य रिता सुनार वडा सदस्य शान्ति पौडेल ,जितबहादुर पुन , यामनारायण चापागाई लगायतले सिचाई नहर बनाउनुभएको हो।