काठमाडौं ।
दुई महिनादेखि जारी हिंसात्मक प्रदर्शनका कारण बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदको १५ वर्षपछि सत्तासँगै मुलुकबाट समेत बर्हिगमन हुन पुगेको छ ।
बंगलादेश स्वतन्त्र भएयता सबैभन्दा लामो समय प्रधानमन्त्री पदमा बस्ने नेता हसिना आरक्षणको मुद्दालाई लिएर विद्यार्थीले गरेको आन्दोलनका कारण सोमबार राजीनामा दिन बाध्य भइन् ।
उनी सेनाको हेलिकप्टर चढेर भागेकी छन् । हसिना भारतमा रहेको समाचारहरुले जनाएका छन् । सत्ता पल्टिए पछि सेनाले अन्तरिम सरकार गठनको तयारी गरेको छ ।