जोगिथुम नजिकैको जंगलमा लागेको आगो नियन्त्रणमा

मोदी, पर्वत ।

मोदी गाउँ पालिकाको वडा न २ र ३ मा रहेको जोगिथुम नजिकको जंगलमा बुधबार दिउँसो देखि लागेको आगो नियन्त्रणमा आएको छ । उक्त आगलागीबाट करिब ५० हेक्टर जंगल र धेरै प्राकृतिक श्रोत साधनको क्षति भएको स्थानीय शिक्षक विष्णु प्रसाद सुबेदीले जानकारी दिनु भएको छ । स्थानीय बासिन्दाहरूको ठूलो प्रयासले जोगिथुम गाउँको सुरक्षा भएको  सुबेदीले बताउनु भयो ।

अग्नि नियन्त्रण र जनधनको संरक्षणमा स्थानीय गाउलेहरु, जनप्रतिनिधिहरु तथा नेपाल प्रहरीकाे टीम खटिएका थिए । उक्त जंगलमा आगो लगाउने व्यक्तिको  अझै पहिचान हुन सकेको छैन । उक्त बन् क्षेत्रमा यही हिउँदमा तीन पटक सम्म आगलागी भइसकेको छ । पटक पटक आगलागी भई रहदा  पनि दोषीको पहिचान र कारबाही हुन नसकेकोमा स्थानियहरुले गुनासो गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *