डिमुवामा मोदी कप सेभेन ए साईड फुटवल प्रतियोगिता शुरु

मोदी,पर्वत
जिल्लाको मोदी गाउँपालिकाकाे डिमुवामा मोदी कप सेभेन ए साईड फुटवल प्रतियोगिता आइतबारबाट शुरु भएको छ । वडादशै तथा दिपावलीको अवसरमा मोदी युवा संजालको आयोजनामा संचालन गरिएको प्रतियोगिता १८ गते सम्म संचालन हुनेछ ।

May be an image of 13 people, including Deependra Jungh Lamichhane and Bimal Lamichhane, people sitting and people standing

प्रतियोगिताको उद्घाटन गर्दै मोदी गाउँपालिकाका प्रबक्ता बिमल लामिछानेले स्वास्थ्यका लागि खेल अपरिहार्य रहेको बताउनुभयो । उहाँले खेल क्षेत्रको विकासका लागि मोदी गाउँपालिका प्रतिवद्ध रहेको बताउँदै गाउँपालिकाभित्रका खेलाडीहरुको विकासका लागि प्राथमिकताका साथ योजना बनाएर अगाडि बढीरहेको बताउनुभयो ।

 

प्रतियोगिताको उद्घाटन कार्यक्रममा गाउँपालिकाका इन्जिनियर नविन शाही, नेपाली काँग्रेसका दिपेन्द्रजंग लामिछाने, लगायतले बोल्नु भएको थियो । प्रतियोगितामा २२ टिमको सहभागिता रहेको छ ।

May be an image of grass
प्रतियोगितामा प्रथम पुरस्कार रु ७० हजार, द्वितीय रु ३० हजार र तृतिय रु. २५ हजार रहेको छ । यसैबीच आज पातीचौर फुटबल क्लव र तिलाहार फुटबल क्लव बीच भएको खेलमा तिलाहार २–० गोल अन्तरले विजयी भएको छ ।

May be an image of 6 people, including Bimal Lamichhane, people standing, people sitting and outdoors
मोदी युवा संजालका अध्यक्ष समिर मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत, विशाल महत र संचालन मन विकले गर्नुभएको थियो ।

May be an image of 11 people and people standing

Leave a Reply

Your email address will not be published. Required fields are marked *