मोदी, पर्वत।
मोदी गाउँ पालिका वडा नं ६ डिमुवामा रहेको डिमुवा आधारभूत विधालयको ब्यवस्थापन समितिको भेला सम्पन्न भएको छ । सो भेलाले प्रकाशजङ्ग लामिछानेको अध्यक्षतामा आठ सदस्यीय विद्यालय ब्यवस्थापन समिति गठन गरेको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा माेदी गाउँपालिका-६ का वडा अध्यक्ष दिपेन्द्रजङ लामिछानेले बालबालिकाहरुको भविस्य बोकेको विद्यालयमा राजनीति नघुसाउन सबैमा आग्रह गर्नुभयो ।
विद्यालय ब्यवस्थापन समितिका नव निर्वाचित अध्यक्ष लामिछानेले आगामी दिनमा विद्यालयलाई जिल्लाकै उत्कृष्ट विद्यालय बनाउन आफूले भूमिका खेल्ने बताउनुभयो ।
सो भेलाले शिक्षक कर्मचारीहरुको बैठक बसी सहमतिमा शिक्षक प्रतिनिधि टुङ्गयाउने समेत निर्णय गरेकाे छ ।
कार्यवाहक अध्यक्ष टिकाराम पाैडेलकाे अध्यक्षता, वडाध्यक्ष दिपेन्द्रजङ लामिछानेकाे प्रमुख आतिथ्यता, शिक्षा अधिकृत झकप्रसाद गाैतमकाे संयाेजकत्व, शिक्षक यशाेदा सापकाेटा रिमालकाे स्वागत र शिक्षक मन्जु पाैडेलकाे संचालनमा कार्यक्रम सम्पन्न भएको थियाे।