तनहुँ, चितवन र बारामा शान्तिपूर्णरूपमा मतदान सुरु

पर्वत ।

तनहुँ निर्वाचन क्षेत्र नं. १, चितवन निर्वाचन क्षेत्र नं. २ र बारा निर्वाचन क्षेत्र नं. २   मा आज आइतबार बिहान ७ बजेबाट प्रतिनिधि सभा सदस्यका लागि मतदान सुरु भएको छ । मतदानका लागि मतदाताहरू उत्साहजनकरुपमा लाममा बसेका छन् ।

बारा निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि, चितवन निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित रवि लामिछाने नागरिकता प्रकरणमा कसुरदार ठहर भएपछि र तनहुँ–१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि यी स्थानमा सांसद पद रिक्त भएकाले तीनवटै स्थानमा उपनिर्वाचन भइरहेको हो ।

 

तनहुँ–१ को सबै मतदानकेन्द्रमा उपनिर्वाचनको मतदान सुरु भएको छ । आइतबार बिहान ७ बजेदेखि ६९ मतदानस्थलका १५२ मतदान केन्द्रमा मतदान सुरु भएको हो ।

प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले शान्तिपूर्ण रुपमा मतदान भइरहेको जानकारी दिनुभयो । ‘‘मतदान सबै ठाउँमा सुरु भएको छ र मतदान शान्तपूर्ण तवरबाट भइरहेको छ’’ प्रजिअ रिजालले भन्नुभयो ।

मतदाताहरू बिहानैदेखि मतदानस्थलमा लाइन लागेका छन् । उपनिर्वाचनका लागि तनहुँमा एक लाख ४० हजार २२४ जना मतदाता रहेका छन् । एक लाख २३ हजार ३०५ जना मतदाता रहेका जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ  ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *