तनहुँ-१ मा रास्वपाका वाग्लेलाई सुरुवाती अग्रता

तनहुँ ।

प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले अग्रता लिएका छन् । निर्वाचन आयोगका अनुसार सुरुवाती मतपरिणाममा वाग्ले २७६७ मतसहित अगाडि रहेका छन् ।

कांग्रेस उम्मेदवार गोविन्द भट्टराईले १२२५ मत ल्याउँदा एमाले उम्मेदवार सर्वेन्द्र खनालले ८२० मत प्राप्त गरेका छन् ।

तनहुँ-१ मा आइतबार भएको उपनिर्वाचनमा ६३ हजार ७ सय ५७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन कार्यालय अनुसार तनहुँ-१ मा १ लाख २३ हजार ३ सय ५ जना मतदाता रहेका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *