स्थानीय तहको निर्वाचन नजिकिएको छ । उम्मेद्वारी मनोनयन संगै विभिन्न पार्टीबाट उठेका उम्मेद्वारहरु भोट माग्नको लागि घरदैलो कार्यक्रम सुरु गरिसकेका छन् । आगामी बैशाख ३० गतेको लागि मतदान कार्यक्रम तय भइसकेको छ ।
मतदान गर्नको लागि सरकारले फोटो सहितको मतदाता परिचय पत्र प्रदान गरेको छ । मतदान गर्नको लागि उक्त परिचय पत्र अनिवार्य गरिएको छ ।
यदि तपाईंले पनि फोटोसहितको नामावली दर्ता गर्नुभएको छ भने आफ्नो नाम मतदाता नामावलीमा छ कि छैन भनेर आफैँले हेर्न सक्नुहुन्छ ।
कतै तपाइको मतदाता परिचय पत्र हराएको त छैन ? हराएकै छ भने पनि चिन्ता नलिनुहोस । यसका लागि निर्वाचन आयोगले अनलाइनमै हेर्न सक्ने व्यवस्था गरेको छ । परिचय पत्र हराउनेहरुले अनलाइनबाट सोही विवरण प्रिन्ट गरेर पनि लैजान सक्नेछन् ।
त्यसको लागि सुरुमा त निर्वाचन आयोगको वेबसाइटमा गएर आफ्नो नाम सूचीकरण भए नभएको हेर्न सकिनेछ।
कसरी हेर्ने त मतदाता नामावली ?
मतदाता नामावलीमा आफ्नो नाम छ कि छैन भनेर हेर्न यहाँ क्लिक गर्नुहोस् ।
त्यसपछि खुलेको साइटमा गरेर तपाईंले आफ्नो प्रदेश, जिल्ला, वडा नम्बर र मतदानस्थलको विवरण छानेपछि तपाईंको क्षेत्रमा भएका सबै मतदाताहरूको विवरण देखिनेछ ।
उक्त सुचीबाट आफ्नो नाम छानेपछि खुल्ने विवरणमा जन्ममिति वा नागरिकता नम्बर राखेपछि मतदाता नामावलीमा भएको तपाईंको सम्पूर्ण विवरणसहितको मतदाता परिचयपत्र देखिनेछ ।
उक्त स्थानमा प्रिन्ट गर्ने अप्सन भने राखिएको छैन र तर प्रविधिको प्रयोग गरेर उक्त विवरण तपाइले आँफैले प्रिन्ट गर्न सक्नुुहुनेछ जुन विवरणलाइ मतदाता परिचय पत्रको अस्थायी प्रतिलिपिको रुपमा प्रयोग गर्न सक्नुहुनेछ ।