त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये दुई जनाको जीवितै उद्धार

काठमाडौँ । रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये दुई जनाको जीवितै उद्धार गरिएको छ ।

खोजी तथा उद्धारमा खटिएका इन्जिनियर उदयराज न्यौपानेका अनुसार सञ्जय शाहको सकुशल उद्धार गरिएको हो । शाहको उद्धार पछि थप अर्का एक जना व्यक्तिको पनि अहिले जीवितै उद्धार गरिएको छ ।  उद्धार गरिएका दोस्रो व्यक्ति कविर महर्जन रहेको बताईएको छ । योसँगै जीवितै उद्धार हुनेको संख्या दुई पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *