दक्षिण कोरियामा विमान दुर्घटना, १७४ जनाको मृत्यु

काठमाण्डौ ।

दक्षिण कोरियामा विमान दुर्घटना १७४ जनाको मृत्यु भएको पुष्टि भएको छ। दुईजनाको भने जीवितै उद्धार गरिएको छ। अहिलेसम्म १७४ जनाको मृत्यु भएको पुष्टि भएको र एक चालक दलका सदस्य र एक यात्रुलाई जीवितै उद्धार गरी स्थानीय अस्पतालमा उपचारका लागि पठाइएको बीबीसीले जनाएको छ।

आइतबार बैंककबाट आउँदै गरेको जेजु एयरको विमान दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर दुर्घटना भएको थियो। विमानमा चालक दलका ६ सदस्य र १७५ यात्रु गरी जम्मा १८१ जना सवार थिए।

विमानस्थलमा अवतरण गर्ने क्रममा विमानको ल्यान्डिङ गियरमा समस्या देखिएको थियो। जसका कारण विमान ल्यान्डिङ गियर बिना नै अवतरण गर्नुपरेको थियो। पर्खालमा ठोक्किएपछि विमानमा आगो लागेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *