दूधको गुणस्तर सुधार्न थुनेलो परिक्षण तथा उपचार कार्यक्रम

पर्वत ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कुश्मा पर्वतको आयोजाना र मोदी गाँउपालिकाको समन्वयमा व्यवसायिक गाईभैसी फार्ममा थुनेलो परिक्षण तथा उपचार कार्यक्रम सम्पन्न भएको छ । मोदी खोला बहुउद्देश्यीय सहकारी संस्थाममा आयोजना गरिएको थुनेलो परिक्षण तथा उपचार कार्यक्रममा मोदी गाँउपालिका भित्रका ३२ जना कृषकको ७८ वटा गाईभैसीमा थुनेलो परिक्षण गरिएको छ ।

जसमध्य २६ वटा गाईभैसीमा थुनेलोको समस्या देखिएको छ । दूध उत्पादनमा ह्रास आइरहँदा किसानले ठूलो आर्थिक क्षति बेहोर्नु परेको अर्कातिर रोगी पशुबस्तुबाट उत्पादित दूध स्वच्छताका हिसाबले उपभोग्य पनि नहुने भएकाले किसानमा जनचेतनाको आवश्यकता देखेर कार्यक्रम गरिएको मोदि गाँउपालिकाका अध्यक्ष हिरादेवी शर्माले बताउनुभयो।

दूधको स्वच्छता र गुणस्तर कायम गराउने उद्देश्यले यस कार्यक्रम आयोजना गरीएको पशु सेवा विज्ञ केन्द्र कुश्मा पर्वतका पशुविज्ञ डाक्टर ऋषव गुँरागाईले बताउनुभयो । परिक्षणका क्रममा समस्या देखिएका गाईभैसीलाई एन्टीबायोटिक प्रयोगका लागी औषधी निशुल्क रुपमा बितरण गरीएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *