पर्वत।
पर्वतमा गएराती भएको कार दुर्घटनामा एक चार वर्षिय बालकको मृत्यु भएको छ । पर्वतको कुश्मा नगरपालिका वडा नं. ८ दोविल्लामा कार दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार बागलुङबाट पोखरा जाँदै गरेको बा १० च ४३७२ नम्बरको नीजि कार दुर्घटनामा परेको हो । दुर्घटनामा परी एकै परिवारका अन्य ३ जना पनि घाइते भएका छन् ।
घाइते हुनेहरुमा लिलावती कोइराला, सुशिला दवाडी र चालक अर्जुन कोइराला घाइते भएका छन् । उनीहरु सवै जना एकै परिवारका सदस्य हुन् । कार मध्यपहाडी सडकबाट केहि मिटर तल खसेको थियो ।
प्रहरी प्रमुख बुढाथोकीका अनुसार घाइतेहरुको उपचार पर्वत अस्पतालमा भइरहेको छ । दुर्घटनामा पर्नेहरु स्याङजा जिल्लाको पुलतीबजार नगरपालिकाका बासिन्दा रहेको प्रहरीले जनाएको छ ।