दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको पदक नवजागृत माविलाई,

‘विकास अनुशासन र स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ सञ्चालन भएको मोदी गाउपालिका स्तरीय अन्तर विद्यालय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको पदक मोदी गाउपालिका ६ तिलाहर अन्तरगत नवजागृत माध्यमिक विद्यालयले हासिल गरेको छ । प्रत्योगितामा तिन विधामा पुरस्कार विभाजन गरिएको थियो स्वर्ण,रजत र काँस्य जसमध्ये नवजागृत माविले सत्रवटा विधाका खेलहरुमा सफलता पाउन सफल भएर दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मा प्रथम भई पदक हासिल गरेको हो । द्वितिय पशुपति मावि,तृतिय महेन्द्र शिखरी मावि,जन सिद्व मावि भएका छन। त्यस्तै गरि भुक देउराली माविले १,जननेत्र माविले ७,सरस्वती माविले १३,शालिजा माविले ११,नवज्योती थम माविले ३ हिमालय माविले ६, नमुना आवसीय माविले १ र भवानी आधारभुत विद्यालयले १ प्रकारको खेलमा सफलता हासिल गरेको छ । छात्र,छात्राका चौविस वटा विधाहरुमा भएको खेलमा भलिबल छात्र तर्फ प्रथम जन नेत्र मावि,द्वितिय देउपुर नमुना आवसीय मावि तृतीय महेन्द्र शिखरी मावि ,छात्रा तर्फ प्रथम महेन्द्र शिखरी मावि द्वितीय जन नेत्र मावि,तृतीय सरस्वती मावि भएका छन । मार्च पास्ट तर्फ जन नेत्र मावि उत्कृष्ट भएको छ । प्रतियोगिताका प्रमुख अतिथि मोदी गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्माले शिक्षाको गुणस्तर विकास सँगै खेलकुद क्षेत्रको विकासका लागि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता महत्वपूण रहेको बताउनुभयो । उहाँले बालबालिकाहरुको अन्र्तरनिहित क्षमता सँगै खेलकुद प्रतिको जागरणलाई अझै उचाइमा पु¥याउन प्रतियोगिताले उल्लेख्य भूमिका खेलेको बताउदै सम्पुर्ण सहभागि तथा विजेता छात्र, छात्राहरुलाई धन्यवाद ,बधाई ज्ञापन गर्नुभयो । मोदी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल गौतमले समग्र जिल्लाको तुलनामा मोदी गाउँपालिकालाई खेल क्षेत्रमा अब्बल बनाएर प्रदेश देखि राष्ट्रिय स्तर सम्म आफ्नो भूमिका दर्शाउन आग्रह गर्नुभएको थियो । १५ भन्दा बढी विद्यालयबाट प्रतिस्पर्धीहरु आन्तरिक प्रतिस्पर्धामा उत्रिएको खेलमा छात्र छात्रा भलिबल प्रतियोगिता, एथलेष्टिक्स तर्फका खेल, हाइजम्प, लङजम्प लगायतका खेलहरु सञ्चालन भएका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *