’द भ्वाइस अफ किड्स’को प्रसारण आजदेखि

काठमाडौं ।

बालबालिकाको गायन रियालिटी शो ’द भ्वाइस अफ किड्स’को प्रसारण आजदेखि सुरु हुने भएको छ । हिमालय टीभीबाट हरेक शुक्रबार र शनिबार शोको प्रसारण हुनेछ ।

बिहीबार ’द भ्वाइस अफ किड्स’को प्रिमियर शो आयोजना गरिएको थियो । सञ्चारकर्मी, विज्ञापनदाता तथा विभिन्न क्षेत्रका व्यक्तिहरूमाझ शोको प्रिमियर गरिएको थियो ।

शोमा गायक राजु लामा, गायक प्रमोद खरेल, गायिका मिलन नेवार, गायिका प्रविशा अधिकारी कोचका रूपमा रहेका छन् । राजु र प्रमोद द भ्वाइस अफ नेपालमा पनि कोचका रूपमा काम गरिसकेका छन् ।

लक्ष्मण पौडेलको निर्देशनमा बनेको यस शोलाई सुशील नेपालले होस्ट गर्नेछन् । सुशील शोका निर्मातासमेत हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *