काठमाण्डाै ।
पछिल्लो तीन घण्टामा नवलपरासी, रुपन्देही, पाल्पा, प्युठान र आसपासका क्षेत्रमा बाढीको जोखिम बढ्नेगरी पानी परेको छ । रातिदेखि परेको पानीले ती क्षेत्रमा रहेका साना नदीसँगै तिनाउ, तिनाउ नदीका सहायक नदी र पश्चिम राप्तीका सहायक नदीहरुमा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको हाे ।
नदीमा बाढीको जोखिम रहेकाले तटीय क्षेत्रमा सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।
यस्तै, काेशी, मधेस, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा लामो समय झरी पर्ने सम्भावना रहेकोले सावधानी अपनाउन महाशाखाको अनुरोध छ।