नव जागृत माविको ५९ औं बार्षिकोत्सव सम्पन्न, छात्रावासको पूर्णताको लागि आवश्यक ब्यबस्था मिलाउने अध्यक्ष शर्माको प्रतिबध्दता

पर्वत ।

नव जागृत मावि मोदी-६ तिलाहारको ५९ औं बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।मोदी गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्माको प्रमुख आतिथ्यतामा सञ्चालन भएको कार्यक्रममा शर्माले बिद्यालयको शैक्षिक गतिविधिको प्रशंसा गर्दै बिद्यालयमा संचालित प्राबिधिक धार र प्रयोगशालाको क्षमता बिकाश गर्ने बताउदै बिद्यालयमा बन्दै गरेको छात्रबासको पूर्णताको लागि आफुले आवस्यक ब्यबस्था मिलाउने बताउनु भयो । बिद्यालयले शैक्षिक र खेलकुदको माध्यमबाट मोदी गाँउपालिकाको गरिमालाई बढाउने काम गरेकोमा धन्यवाद दिदै बिद्यालयको समग्र पक्षको बिकास र बिद्यमान समस्या सामधानका लागि सदैब आफू तयार रहेको बताउनुभयो ।

कार्यक्रममा वडा नं ६ का वडाध्यक्ष दिपेन्द्र जंग लामिछानेले मोदी गाँउपालिका यहाँको शैक्षिक लगायत समग्र बिकाशमा एक ढिक्का भएर लागि परेको र गाउँकार्यपालिकाको एकमात्र मत बिकाशवाद रहेको बताउनुभयो । सामाजिक बिकास शाखा प्रमुख शिक्षा अधिकृत दिनेश शर्माले चुनौतीका चाङबाट सम्भावनाहरु पहिल्याउदै बिद्यालयले निरन्तर गरिरहेको शैक्षिक प्रगति उदाहरणीय रहेको बताउनुभयो । कार्यक्रममा बर्ष शिक्षकको रुपमा शिक्षक बासुदेब शर्मा, बेद प्रसाद पौडेल र अन्जु ढकाललाई पुरस्कृत गरिएको थियो भने कक्षा १२का विद्यार्थी सरोज शर्मालाई बर्ष विद्यार्थी अवार्ड प्रदान गरिएको थियो । शैक्षिक तथा विभिन्न बिधामा बिद्यार्थीहरुलाई पुरस्कृत गरिएको कार्यक्रममा उत्कृस्ट अभिभावकहरुलाई समेत सम्मान गरिएको थियो ।

बिद्यालयका प्रधानाध्यापक बिष्णु प्रसाद सुबेदीले विद्यालयको शैक्षिक प्रशासनिक तथा आर्थिक पक्ष सहितको प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । बिद्यालयका पूर्व प्रधानाध्यापक प्रेम कुमार लामिछाने, राजनीतिकर्मी समाजसेवी मिना के सी, समाजवादीका नेता देवि लामिछाने, राप्रपा मोदीका अध्यक्ष विशाल महत, माओबादीका नेता नम्रता नेपाली राजमोका होम लामिछाने, एमाले ६ वडा कमिटि अध्यक्ष धन बहादुर केसी, नेपाल सरकारका सेवा निवृत्त उपसचिव नारायण प्रसाद सुवेदी, बिब्यसका पूर्व अध्यक्ष ओम बहादुर घर्ती क्षेत्री लगायतका ब्यक्तित्वहरुको उपस्थिति रहेको कार्यक्रममा अभिभावक तथा विद्यार्थीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । बार्षिकोत्सवको अवसर पारेर स्थानीय आमासमुह तथा अभिभावकहरुको बिचमा मैत्री पुर्ण डोरी तान्ने प्रतियोगिता समेत आयोजना भएको थियो ।

विद्यार्थीहरुका सास्कृतिक प्रस्तुती र प्रतिभा समेटिएको कार्यक्रममा प्राबिधिक धार तर्फका विद्यार्थीको शैक्षिक प्रर्दशनी समेत समाबेश गरिएको थियो । बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष लोकेन्द्रजंग लामिछानेको अध्यक्षतामा आयोजित कार्यक्रममा बिद्यालयका सहायक प्रधानाध्यापक जीवनाथ शर्माले स्वागत मन्तब्य राख्नु भएको थियो भने कार्यक्रमको संञ्चालन शिक्षक हरिबहादुर लामिछानेले गर्नुभएको थियो।

हाल ४१ जना शिक्षक कर्मचारी कार्यरत रहेको सो विद्यालयमा ६६२ जना विद्यार्थी अध्ययनरत छन । नव जागृत मावि मोदीको नमुना विद्यालय हो । सो  बिद्यालयमा अंग्रेजी माध्यममा पढाई हुनुका साथै कक्षा ९-१२ मा शिभिल इन्जिनियरिङ र कक्षा ११-१२ मा शिक्षा, बाणिज्यशास्त्र तथा बिज्ञानका विषयहरुको पठन पाठन हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *