नेम्वाङको निधनमा विहीबार शोक बिदा

काठमाडौँ ।

संविधान सभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनमा सरकारले  बिहीबार शोक बिदा दिने  निर्णय गरेको छ । वर्तमान प्रतिनिधिसभा सदस्य समेत रहेका नेम्वाङको ७१ वर्षको उमेरमा मंगलबार बिहान असामयिक निधन भएको थियो ।

नेम्वाङको अन्तिम संस्कार भदौ २८ गते बिहीबार हुने भएकोले उक्त दिन नेपालभरका सबै सरकारी कार्यालयहरू, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा हुने गृह मन्त्रालयले जनाएको छ । सो दिन कार्यालयहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *