पर्वतका सबै स्थानीय तहमा निर्वाचन अधिकृत तोकिए(नाम सहित)

पर्वत ।

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि पर्वतका सात वटा स्थानीय तहमा निर्वाचन अधिकृत तोकिएको छ । निर्वाचन आयोगले पर्वतका सात वटा स्थानीय तह मध्ये एक वटामा मुख्य निर्वाचन अधिकृत र अन्य छ पालिकामा निर्वाचन अधिकृत तोकेको हो ।

कुश्मा नगरपालिकामा जिल्ला अदालत पर्वतका न्यायाधीश बलराम त्रिपाठी मुख्य निर्वाचन अधिकृतको रुपमा नियुक्त हुनुभएको छ । आयोगले जलजला गाउँपालिकामा सर्वोच्च अदालतका इजलास अधिकृत रुद्रप्रसाद अर्याल, पैयुँ गाउँपालिकामा सर्वोच्च अदालतका उपरजिष्ट्रार भूमिप्रसाद शर्मा, फलेवास नगरपालिकामा पर्वत जिल्ला अदालतका स्रेस्तेदार रामबहादुर थापा क्षेत्री, महाशिला गाउँपालिकामा विशेष सरकारी वकिल कार्यालयका उपन्यायाधिवक्ता दिपक भण्डारी, मोदी गाउँपालिकामा जिल्ला सरकारी वकिल कार्यालय पर्वतका जिल्ला न्यायाधिवक्ता योगनाथ ढकाल, र बिहादी गाउँपालिकामा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका उपन्यायाधिवक्ता मुक्तिराम सुवेदीलाई नियुक्ति हुनुभएको छ ।

सातवटा स्थानीय तहहरू रहेको पर्वतमा करिब एक लाख २२ हजार मतदाता रहेको र कुल १९ राजनीतिक दलहरूबीच प्रतिस्पर्धा हुने जिल्ला निर्वाचन कार्यालय पर्वतले जनाएको छ । चुनाव चिह्नको लागि जिल्ला निर्वाचन कार्यालय आह्वान गरेको निवेदनमा ६ ओटा प्रमुख ठूला राजनीतिक दलहरूबाहेक १४ वटा साना राजनीतिक दलहरूले निवेदन दिएका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *