पर्वतमा अबिरल बर्षाको प्रभाब, अधिकांश सडक अबरुद्ध

माेदी, पर्वत ।

विगत तीन दिन देखिको अविरल बर्षाका कारण पर्वत जिल्लाका नदीनालामा वहाब उच्च भएको छ  नेपालीहरुका महान पर्व वडा दशैको अघिल्लो दिन देखि परेको बर्षाले गर्दा दशैंमा टिका लगाउनजाने र फर्किने यात्रुहरुको यात्रा समेत कष्टकर बनेको छ ।

जिल्लाका धेरै सडकहरुमा सवारी साधन चल्न सक्ने अवस्था छैन । मुख्य राजमार्गमा समेत बाढी पहिरोले पटक पटक अवरोध गरिरहेको छ । पातीचाैर कुस्मा सडककाे सुन्दरे खाेला, चुवा लगायतका स्थानहरूमा बाढी अइरहेकाे र यातायातका साधनहरू पार गर्न कठिन भइरहेकाे छ।  कतिपय ग्रामीण क्षेत्रमा पहिरोको जोखिम बढेको छ ।

पातीचाैर मैदान लप्सीबाेट  सडक पनि काेरूगामा गएकाे पहिराेले अबरुद्ध भएकाे छ ।  बर्षा नराेकिएका कारण पटक पटक खुलाउने प्रयास गर्दा पनि नसकिएकाे माेदी २, देउपुरका वडाध्यक्ष बेल बहादुर कार्कीले  बताउनु भयाे ।

हालसम्म पहिरोका कारण क्षति भएको जानकारी प्राप्त नभए पनि सुरक्षा नियकाले भने सम्भावित पहिरो ग्रस्त स्थान र तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *