पर्वत।
शुक्रबार राति भर्खरै पर्वत जिल्लामा भूकम्पको धक्का महसुश गरिएको छ । जाजरकोट केन्द्र बिन्दु भएर गएको सो भूकम्प करिब ६.४ रेक्टर स्केलकाे भएको भूकम्प मापन केन्द्रले जनाएको छ ।
रातको ११ बजेर ४७ मिनेट जाँदा भुकम्पको धक्का महशुस गरिएको हो । मध्यरातमा भूकम्प गए पछि पराकम्पको डरले मानिसहरू सडकमा निस्किएका छन् ।
यस बारे क्षतिको थप विवरण अझै प्राप्त हुन सकेको छैन ।