पर्वतमा राति १० बजेभन्दा पछि देउसी भैलो खेल्न नपाइने

जिल्ला प्रशासन कार्यालय पर्वतले  राती १०  बजेभन्दा पछि देउसी–भैलो खेल्न नदिने निर्णय गरेको छ । तर, स्वास्थ मापदण्ड अपनाएर तोकिएको अवधिमा भने देउसी–भैलो खेल्न तथा पूजा पाठ लगायत क्रियाकलाप गर्न दिने प्रशासनको निर्णय छ ।

जिल्ला प्रशासन कार्यलयले   सूचना जारी गर्दै  तोकिएभन्दा विपरीत कार्य गरिएको पाइए कानून बमोजिम कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

प्रशासनले कोभिड १९ को संक्रमणको जोखिम अझै विद्यमान रहेको अबस्थामा नेपालीहरुको महान चाड दिपावली छठ लगायत पर्वहरुको कारण चाडवाडको अवसरमा हुने आवतजावत भीडभाडले दुर्घटना हुन सक्ने तर्फ सजग रहदै मठ, मन्दिर, गुम्बा लगायतका धार्मिक स्थलहरुमा अनावश्यक भीडभाड नगरी पुजापाठ गर्न  सर्वसाधारणमा अनुरोध गरेको छ ।

जिल्ला प्रशासनले सकभर परिवारका सदस्यहरु मात्रै बसेर मनाउन, अनावश्यक भीडभाड नगर्ने नगराउन, पटका आतसबाजी, झिरझिरे, भुँइचम्पा जस्ता विष्फोटक पदार्थ प्रयोग नगर्न , त्यस्ता पदार्थहरुको निकासी ओसारपसार एवं बिक्री वितरण नगर्न नगराउन आग्रह गरेको छ ।
त्यसै गरी चाडबाड मनाउँदा र आवतजावत गर्दा स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पूर्ण पालना गर्न, देउसी भैलो लगायतका कार्यक्रमहरु बेलुका १०.०० बजे सम्म मात्र शान्तिपूर्ण रुपमा सञ्चालन गर्न, जुवा, तास, चिठ्ठा, लङ्गुर बुर्जा, सट्टेबाजी लगायतका गैरकानूनी क्रियाकलापहरु नगर्न नगराउन समेत अनुरोध गरेको छ ।
सार्वजनिक यातायात सञ्चालन तथा प्रयोगमा स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पूर्ण पालना गर्न, क्षमता भन्दा बढी यात्रु नराख्न, तोकिएको भन्दा बढी भाडा नलिन र मादक पदार्थ सेवन गरेर सार्वजनिक शान्ति र सुरक्षालाई असर पर्ने गरी सार्वजनिक स्थानमा होहल्ला गर्ने एवं झैझगडा गर्ने जस्ता कार्य नगर्न नगराउन समेत सचेत गराएको छ ।

No description available.

Leave a Reply

Your email address will not be published. Required fields are marked *