पर्वत ।
जिल्लाको पैयुमा रहेको इलाका प्रहरी कार्यालय हुवास पर्बतको आयोजनामा पैयुं गाउँ पालिका वडा नं ४ स्थित हातेमालो चोकमा सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
सामुदायिक सेवा केन्द्रका अध्यक्ष लाल बहादुर प्रधानको अध्यक्षतामा स्थानिय नागरिक, जनप्रतिनिधी, आमा समुह,विद्यार्थीहरुलाई भेला गराई आत्महत्या न्युनिकरण, सडक सुरक्षा, लागुऔषध,घरेलु हिंसा सम्बन्धि सचेतनामुलक कार्यक्रम गरिएको हो ।सो कार्यक्रममा १५० प्रति संदेशमुलक पर्चा वितरण गरिएको थियो ।
त्यसै गरी देउपुर प्रहरी चौकी डिमुवा पर्बतको आयोजनामा मोदी गाउँ पालिका वडा नं ६ उपल्लो डिमुवामा समाजसेवी बिष्णु सुनारको अध्यक्षतामा स्थानिय नागरिक, जनप्रतिनिधी, युवा क्लब, समाजसेवीहरुलाई भेला गराई साईबर अपराध सम्बन्धि सचेतनामुलक कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ ।
