पर्वत समाजले गर्यो  ८० वर्ष माथिका ६२ आमाबुबालाई सम्मान

काठमाडौँ।

पर्वत समाजले ८० वर्ष माथिका ६२ जना आमाबुबालाई एक कार्यक्रम गरी सम्मान गरेको छ। समाजले सोमबार काठमाडौंको हात्तिसारस्थित नेपाल हाउसमा ‘आमाबुबा सम्मान तथा भेटघाट कार्यक्रम”  आयोजना गरी पर्वतबाट काठमाडौं आएर बसोबास गर्दै आउनुभएका आमा बुबालाई सम्मान गरेको हो।  कार्यक्रममा सम्मानीत मध्य पनि सबैभन्दा ज्येष्ठ ९८ वर्षका खगेश्वर भूषाललाई प्रमुख अतिथि बनाएर सम्मान प्रदान गरिएको थियो।

‘अग्रजलाई सम्मान, अनुभवलाई मार्गदर्शन र युवा सक्रियता आजको आवश्यकत’ भन्ने नारासहित भएको कार्यक्रममा ज्येष्ठ नागरिकको योगदानप्रति आभार व्यक्त गर्दै युवा पुस्ताले उनीहरूबाट प्रेरणा लिनुपर्ने सन्देश प्रवाह गरिएको देखियो। सो अवसरमा सम्मानीत आमाबुबाको तर्फबाट प्राध्यापक डाक्टर तेज बहादुर सिंह महतले बोल्दै आफूहरुलाई सम्मान गरेकोमा समाजलाई धन्यवाद व्यक्त गर्नुभयो। त्यसैगरी सम्मानीत नारायण श्रेष्ठले कवितामार्फत र खड्क बहादुर गुरुङले गीत गाएर समाजलाई धन्यवाद र शुभकामना व्यक्त गर्नुभएको थियो।

सोही अवसरमा पर्वत समाजको आधिकारिक वेबसाइट लन्च, सदस्यता प्रमाणपत्र वितरण र पर्वतबासीबीच शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम पनि सम्पन्न भयो। कार्यक्रममा सहभागी र सम्मानीतले पर्वत समाजले दर्ता भएको छोटो समयमा यसरी जिल्लाभरका अग्रजलाई सम्झिएर कार्यक्रम गरेकोमा आभार व्यक्त गर्नुभयो।  उहाँहरुले पर्वतबासी एकै ठाउँ  जम्मा हुने एउटै परिवार जसरी आत्मीयता साटासाट गर्न पाउँदा भौतिक रुपमा टाढा भएपिन भावनात्मक रुपमा जिल्लामै रहेको अनुभूति भएको प्रतिकृया दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *