काठमाडौं ।
बाल यौन दुरुपयोगको मुद्दामा सजाय काटिरहेका अभिनेता पल शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको छ ।
न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको हो ।
शाहले सबै अभियोगबाट पूर्ण सफाइ पाएको र भोलि रिहा हुने उनका कानुन व्यवसायी कमला मोहन वाग्लेले बताएका छन् ।