पल शाहलाई थुनामा राख्न अदालतको आदेश

तनहुँ ।

जिल्ला अदालत तनहुँले नायक पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ।

जबर्जस्तीकरणी मुद्दामा बुधबार र बिहीबार वादी र प्रतिवादी कानुन व्यवसायीको थुनछेक बहसपछि जिल्ला न्यायाधीश हरिशचन्द्र ढुंगानाको एकल इजलासले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो।

शाहका म्यानेजर कृष्ण जोशीलाई भने एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको जिल्ला सरकारी वकिल रामचन्द्र शर्माले जानकारी दिए।

नाबालिक किशोरीलाई प्रलोभनमा पारेर जबर्जस्ती करणी गरेको अभियोगमा शाह फागुन १५ देखि जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा छन्। अब शाहलाई कारागार चलान गरिनेछ। शाहविरुद्ध जिल्ला अदालत नवलपुरमा पनि जबर्जस्ती करणी मुद्दा चलिरहेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *