पहिरोले पातीचौर लप्सीबोट सडक अवरुद्ध, डिमुवा राम्जा सडक खुल्यो

पर्वत ।

जिल्लाको मोदी गाउँ पालिकाको केन्द्र पातीचौरलाई वडा न १ भुक, वडा २ देउपुर र वडा न ३ देउरालीसंग जोड्ने पातीचौर लप्सी बोट पक्की सडक  अवरुद्ध भएको छ ।

गए रातीको भीषण वर्षा सँगै कोरूँगामा खसेको पहिरोका कारण सो सडक अवरुद्ध भएको हो । उक्त सडक खण्डको ठाउँ ठाउँमा पहिरो गएको कारण सवारी साधनहरु रोकिएका छन् भने यात्रुलाई सास्ती भएको छ ।

सडक निर्माणको बेला देखि नै उक्त क्षेत्रमा पहिरो जान थालेको थियो । अहिले ठूलो बन क्षेत्र पहिरोमा परेको छ भने त्यहाँको बस्ती नै जोखिममा परेको छ ।

कमजोर धरातलमा जथाभावी सडक निर्माण गरिएको कारण पहिरो गएको स्थानियहरु बताउँछन् ।  सडक नालीमा आउने बाढीको उचित व्यवस्थापन गर्न नसकेको कारण पनि धेरै ठाउँमा पहिरो चलेको छ । लगातार वर्षा भई रहेकोले पहिरो पन्छाएर सडक सुचारु गर्न कठिन भै रहेको छ ।

त्यसैगरी मोदी गाउँ पालिकाको वडा नं  ६ को लिदी खोलामा आएको बाढीले अवरुद्ध बनाएको सडक मर्मत पश्चात सुचारु भएको वडाध्यक्ष दिपेन्द्र लामिछानेले जानकारी दिनु भयो ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *