नेपाल सुुसमाचारीय पातिचौर चर्चमा दान पेटीका भित्र राखीएको रकम चोरी भएको छ । मोदी गाँउपालिका दुई देउपुरमा अवस्थित चर्चमा रातिको समयमा चोरी भएको जनाईएको छ । पातिचौर चर्चको दान पेटीकाको रमक एकै दिनमा दुई पटक चोरी भएको छ । दान पेटीकामा राखिएको रकम झण्डै २० हजार रुपौँया चोरी भएको चर्चका संरक्षक दलबहादुर बस्यालले बताउनुभयो । सोमबार राती चोरी भएको र विहान मात्र जानकारी आएपछी चोरी गर्ने व्यतिmलाई नियन्त्रण गरी प्रहरीले सुझाव सहित छाडेको थियो । पुन.सोही व्यतिmले चर्चको ताल्चा फोरेर दान पेटीकामा बाकी रहेको रकम चोरी गरेको प्रहरीले बताएको छ ।
चोरी गर्ने व्यतिm मोदी गाँउपालिका दुई देउपुर घर भई हाल पातिचौर चर्च अगाडी भाडामा बस्दै आएको विक्रम परियार ‘कालु’ भनिने व्यतिm रहेको प्रहरीले बताएको छ । चोरी गर्ने व्यतिmलाई पुन.नियन्त्रणमा लिई थप अनुसन्धान गर्ने डिमुवा प्रहरी चौकीका हवल्दार टिवी महोत्तराले जानकरी दिनुभयो ।