पूर्व उप प्रधानमन्त्री टोपबहादुर रायमाझीको सांसद पद निलम्बन

काठमाडौं ।

पूर्व उप प्रधान  तथा  गृह मन्त्री एबम् एमालेका  निलम्बित सचिव टोपबहादुर रायमाझीको सांसद पद पनि निलम्बन भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा गएसँगै उनको प्रतिनिधिसभा सदस्य पद निलम्बित भएको हो ।

फौजदारी अभियोगमा समातिएका सांसद थुनामा गएमा सांसद पद निलम्बित हुने व्यवस्था छ । प्रतिनिधिसभा नियमावलीको नियम १४८ उपनियम ३ मा यो व्यवस्था छ ।

उनी सँगै पूर्व गृह मन्त्री बालकृष्ण खाँड, सचिव टेक नारायण पाण्डे सहित १६ जना पुर्पक्षका लागि थुनामा परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *