पोखरा ।
पोखराको एक फोटो स्टुडियोमा आगलागी भएको छ । बुधबार बिहान जनप्रिय क्याम्पस अगाडिको अर्पन क्रियसनमा आगलागी भएको हो ।
फोटो तथा भिडियो स्टुडियोमा आगलागी हुँदा २० लाख भन्दा बढी क्षति भएको संचालक फडिन्द्र भण्डारीले बताए ।
विद्युत् सर्ट भएर आगलागी भएको प्रहरीले जनाएकाे छ ।
फाइल फोटो