पोखराको लेकसाइडमा सडक महोत्सव हुने

पोखरा ।

पोखराको पर्यटकीय नगरी लेकसाइडमा अंग्रेजी नयाँ वर्षको अवसरमा २३ औं सडक महोत्सव हुने भएको छ । दुई दशकदेखि निरन्तर महोत्सव पौष १५ गतेदेखि १७ गतेसम्म हुने रेष्टुरेष्ट एण्ड बार एशोसियसन (रेवान)का अध्यक्ष लक्षुमण बराले बताए ।

बरालका अनुसार महोत्सवले आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन गर्छ । ‘सडक महोत्सवल देशको विभिन्न राजनैतिक अस्थिरता, कोरोना महामारी, २०७२ सालको भुकम्प र भारतको नाकाबन्दी जस्तो समस्याका बावजुद निरन्तर दिँदै आएको छ,’ बराले भने ।

गत वर्ष कोभिड १९ उच्च जोखिमका महामारीमा पनि महोत्सवको आयोजना भएको थियो । यो वर्ष ‘समृद्ध समाजको लागि सुरक्षित पर्यटक प्रवद्र्धन आजको मुल आवश्यकता’ भन्ने नाराका साथ फेवाताल किनार कोमागाने पार्कमा विभिन्न संस्कृतिक कार्याक्रम सहित महोत्सव हुने बराले जानकारी दिए ।

आन्तरिक तथा वाहृय पर्यटन प्रवर्द्धन गर्न जनजातिसँग सम्बन्धित संस्कृतिक कार्यक्रम, मौलिक भेषभुष ग्रामिण क्षेत्रमा उत्पादित घरेलु सामाग्रीहरुको संरक्षण गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको उनले बताए ।

पोखरालाई ‘अगेंजी नयाँ बर्षको गन्तव्य स्थल’ बनाउनका लागि आयोजित महोत्सवको मूल नारा ‘सडकमै खाऔं, सडकमै नाचौं र सडकमै रमाऔं’ रहेको छ ।

महोत्सव पोखराको शहिदचोकदेखि खहरे डिहिकोपाटनसम्म हुने महोत्सवका संयोजक नरेश भट्टाइले बताए । ‘३ दिनसम्म हुने यो महोत्सव सभ्य र सुरक्षित रुपमा सम्पन्न गछैं । हामीहरुले सम्पूर्ण सुरक्षाका मापदण्डक अपनाएर सबैको सहयोगमा महोत्सव आयोजना गर्ने निष्कर्षमा पुगेका छैं,’ उनले भने, ‘यस पटकको महोत्सवमा पनि अधिल्लो पटक को जस्तै हेल्थ प्रोटोकललाई विशेष ध्यानमा राखिने छ । विभिन्न स्थानमा हेल्थ डेष्क, मास्क तथा स्यानिटाइजर जस्ता सुरक्षाका उपायहरु अपनाइने छ ।’

महोत्सवमा सडकमै राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खानाका परिकारहरु, विभिन्न मनोरञ्जनात्मक खेलकुदका कार्यक्रमहरु, हस्तकला प्रदर्शनी, साहसिक पर्यटक खेलकुद रहने भट्टाइले जनाकारी दिए ।

महोत्सवमा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय सांस्कृतिक कार्यक्रम विशेष आकर्षणको रुपमा रहने पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले बताए । ‘यस कार्यक्रमको शोभा बढाउन लेकसाइड क्षेत्र क्रिसमस डे बाटै बेहुलीजस्तै सिघारी सज्जि सजावट हुने छ,’ उनले भने, ‘राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खानाको प्रदर्शन, दोहोरी प्रतियोगिता, भाँकि प्रदशृन, रात्रिकालिन कन्सर्ट, डुंगा, दौड, वेटर रेस , टग अफ वार जस्ता प्रतियोगितात्मक हुन्छ ।’

त्यस्तै ख्यातिप्राप्त कलाकारहरुको दोहोरी, हास्य प्रहसन र साँझमा लाइभ कन्सर्ट आयोजना हुने उनले जानकारी दिए । ‘महोत्सव अवलोकनमा आउने सहजताका लागि रात्रिकालिन बस सेवाको पनि व्यवस्था छ । भाडा बढी लिए अनुगोमन हुन्छ । होटल रेष्टुरेष्टहरुले मेर्नु बाहेकको रेट लिए कारबाहि गछैं,’ उनले भने ।

महोत्सव सम्पन्न गर्न रेवानका उपाध्यक्ष भट्टराई, सचिव भिष्म राज पौडेल, र सह–कोषध्ष्क्ष रोशन जंग कार्की सह–संयोजक रहने गरी उपसमितिहरु गठन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *