पर्वत ।
प्रगतिशील लेखक सङ्घ पर्वतको अध्यक्षमा किशोर मनस्वी चयन भएका छन् । आज बसेको भेलाले मनस्वीलाई पुन: अध्यक्षमा सर्व सम्मत चयन गरेको हो ।
१२ सदस्यीय सङ्घको उपाध्यक्षमा संगीता सुवेदी, सचिवमा आनन्द रिमाल, कोषाध्यक्षमा दीपसागर पौडेल, सहसचिवमा वसन्त विक्रम तिमिल्सिना र सदस्यहरुमा क्रमशः साजन परियार, दिलिप शर्मा, लक्षमण विक, राजु विक, राजु पौडेल, झलक पौडेल र निर्मल शर्मा चयन भएका छन् ।
त्यसैगरि आजको भेलाले केन्द्रिय प्रतिनिधिमा संगीता सुवेदी र किशोर मनस्वीलाई चयन गरेको छ भने प्रदेश प्रतिनिधिमा आनन्द रिमाल, दीपसागर पौडेल, वसन्त विक्रम तिमिल्सिना, झलक पौडेल र निर्मल शर्मा चयन भएका छन् ।
वामपन्थी लेखकहरुको साझा संगठन प्रगतिशील लेखक सङ्घको गण्डकी प्रदेसको अधिवेशन यही चैत्र १२ गते पोखरामा हुँदैछ ।