प्रदेश स्तरीय भलिबलमा नवलपुर र पर्वत विजयी

पर्वत ।

नवलपुर र पर्वत जिल्ला गोरखाको बारपाकमा भएको गण्डकी प्रदेश स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताको विजयी भएका छन् । बुधबार भएको फाइनल खेलमा पुरुषतर्फ स्याङ्जालाई हराउँदै नवलपुर र महिलातर्फ म्याग्दीलाई हराउँदै पर्वत विजयी बनेका हुन् ।

पुरुषतर्फ नवलपुरले स्याङ्जालाई ३–२ को सेटले पराजित गरेको हो । महिलातर्फ भने पर्वतले म्याग्दीलाई ३–२ को सेटले पराजित गरेको हो ।

प्रतियोगिताको विजेता नवलपुर र पर्वतले समान एक/एक लाख हात पारे । उपविजेता बनेका स्याङ्जा र म्याग्दीले पचहत्तर हजारमा चित्त बुझाउनुपर्‍यो ।

प्रतियोगितामा पुरुषतर्फ नवलपुरका हिमाल सुनारी र महिलातर्फ पर्वतकी रिमा कुँवर सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *