जनकपुरधाम।
प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम टुंगो लागेको छ । सोमबार बसेको प्रदेशसभाको बैठकले दुई तिहाई मतबाट प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम टुंगो लगाएको हो ।
प्रदेशको राजधानी जनकपुर तोक्ने प्रस्तावनमा ७८ मत परेको हो । प्रदेशसभामा मतदान हुँदा ९९ सांसद सहभागी हुनुभएको थियो । जसमध्ये ७८ जना सांसदले प्रदेशको राजधानी जनकपुर राख्ने पक्षमा मतदान गर्नुभएको थियो ।