फ्रान्सलाई पराजित गर्दै स्पेन युरोकपको फाइनलमा

काठमाडौँ ।

स्पेनले जारी युरो २०२४ मा मंगलबार फ्रान्सलाई २–१ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । स्पेन कुनै ठूलो प्रतियोगिताको फाइनल पुगेको १२ वर्षयता पहिलो पटक हो । अब फाइनलमा स्पेनले इंग्ल्यान्ड अथवा नेदरल्यान्ड्सको सामना गर्नेछ ।

म्युनिकमा भएको खेलमा स्पेनले एक गोलले पछाडि रहेको स्थिति उल्टाएर खेल जितेको हो ।स्पेनका लागि लामिन यामल प्रतियोगिताको इतिहासमा गोल गर्ने सर्वाधिक कान्छा खेलाडी बने । उनी १६ वर्षका मात्र रहेका छन् ।

फ्रान्सले रान्डल कोलो मोनीको हेडबाट नवौं मिनेटमा गरेको गोलको मदतले अग्रता लिएको थियो । त्यसका लागि केयलिन एमबापेले पास उपलब्ध गराएका थिए । त्यसपछि स्पेनले चार मिनेटको अन्तरमा दुई गोल गरेको थियो ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *