बन्ने भयाे फलेवास नगरपालिकाको प्रमुख प्रशासकीय भवन

May be an image of 8 people, people standing and outdoors

पर्वत

फलेवास नगरपालिकाको प्रमुख प्रशासकीय भवन निर्माणका लागि शिलन्यास कार्यक्रम फलेवास नगरपालिका वडा न ५ खानिगाँउमा सम्पन्न भएको छ । फलेवास नगरपालिकाको नाममा रहेको ६०रोपनी८आना क्षेत्रफलमा निर्माण सुरु भएको हाे । सभा हल,कार्यपालिका बैठक कक्ष सहित ४२ कोठा रहने उत्त भवन १८ महिनामा १४ करोडको लगानिमा सम्पन्न हुने छ । भवन निर्माण सगै फलेवास नगरपालिकाको प्रशासकिय क्षेत्रको कामलाइ सहजता हुनेछ ।

May be an image of 2 people, people standing and outdoors

बिहीबार आयाेजित एक समाराेहका बीच  फलेवास नगरपालिकाका नगर प्रमुख पदमपाणी शर्माले  प्रमुख प्रशासकिय भवनकाे शिलान्यास गरेका हुन् ।भवन शिलन्यास कार्यक्रममा  प्रमुख जिल्ला अधिकारी,प्रमुख प्रशासकिय अधिकृत, प्रहरी नायव उपरीक्षक , ससस्त्र प्रहरी वल पर्वतका एस पि, सम्पुर्ण राजनैतिक पार्टिका प्रमुख एवम प्रतिनिधि,११वटाकै वडा अध्यक्षहरु,कार्यपालिका सदस्यहरु, नगर सभा सदस्यहरु, राष्ट्र सेवक कर्मचारी,शिक्षक ,पत्रकार लगाएत नगरबासीहरुकाे व्यापक उपस्थिति रहेकाे थियाे  ।

१४ करोडको लगानीमा सम्पन्न हुने गरी निर्माण हुन लागेको भवनको जिम्मा जुम्ले थान एण्ड आचार्य विल्डर्स प्रा.लि बागलुङले लिएको छ । भवन २०७८ चैत्र मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य लिएको नगर प्रमुख पदमपाणि शर्माले जानकारी दिए । नगरपालिकाको भवन निर्माणका लागि स्थानीयवासीले ६० रोपनी ८ आना जग्गा निःशुल्क उपलब्ध गराएका थिए ।

May be an image of 9 people, including Devi Prasad Timilsina, people standing, people sitting and outdoors

May be an image of 6 people, people standing and outdoors

May be an image of outdoors and text that says 'नरार प्रमुख श्री पदनपाणी शमाद्वारा फलेवास नगरपालिकाको प्रमुख प्रशासकीय भवनको शिलान्यास सु-सम्पन्न भयो। ईति सम्वत २०७६ आश्िवन गते'

Leave a Reply

Your email address will not be published. Required fields are marked *