बागलुङमा जीप दुर्घटना, पुथा उत्तरगङ्गा गाउँ पालिका उपाध्यक्ष सहित तीन जनाको मृत्यु

 

बाग्लुङ । जिल्लाको गलकोट नगरपालिका वडा नम्बर २ भुङ्खानीमा शुक्रबार राति जिप दुर्घटना भएको छ । दुर्घटनाकामा तीन जनाको मृत्यु भएको छ ।दुर्घटनामा परेर रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेद्रा बुढासहित वडा अध्यक्षको समेत निधन भएको छ।

दुर्घटनामा उपाध्यक्ष बुढा, वडा नम्बर २ का वडा अध्यक्ष जसबहादुर श्रीपाली र उपाध्यक्ष बुढाकी आमा ६१ वर्षीय गोपीमाया बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि गम्भीर घाइते भएका चालक रुकुम पूर्व भूमि गाउँपालिका वडा नम्बर ३ का २९ वर्षीय प्रेमबहादुर पुनको धवलागिरी अस्पतालमा उपचार भइरहेको छ।

रा १ ज २०० नम्बरको पिकअप जिप सडकबाट करिब ४०० मिटर तल खसेको थियो।

मृतक र घाइतेको प्रहरी, नेपाली सेना तथा स्थानीयको सहयोगमा उद्धार गरिएको छ।दुर्घटना राति नै भएको अनुमान गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *