
मोदी, पर्वत
जिल्लाको मोदी गाउँपालिका वडा नं ५ बाजुङमा संचालन भैरहेको २ दिने मुटु स्वास्थ्य शिबिर आज सोमबार सम्पन्न भएको छ । सेभ द हर्ट नेपाल र महेन्द्र शिखरी माविको संयुक्त आयोजनामा भएको सो शिविरमा एक हजार भन्दा बढी व्यक्तिहरुको मुटु परीक्षण गरिएको आयोजकले जनाएको छ ।
परीक्षणको क्रममा दुई जना बिरामीहरुको मुटुकोे शल्यक्रिया गर्नु पर्ने अबस्था पाइएको र उनीहरुको निशुल्क शल्यक्रिया गरिने भएको छ । उक्त शिबिरमा बरिष्ठ मुटुरोग बिशेषज्ञ सह प्राध्यापक डा. अनिल भट्टराई, पर्वत अस्पतालका डा. डीबी क्षेत्री लगायतका चिकित्सकहरुको टाेलीले स्वस्थ्य परीक्षण गरेको थियो ।
शिविरमा चिकित्सकहरुद्धारा निशुल्क परामर्श, इसिजी, इको कोर्डियोग्राफी सेवा प्रदान गर्नुका साथै निशुल्क औषधि समेत बितरण गरिएको थियो ।
तस्बीर साैजन्य: डा. डीबी क्षेत्री