बाल दिबसको अवसरमा नवजागृत बालक्लबको प्रभातफेरी

मोदी, पर्वत ।
“बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी” भन्ने नाराका साथ ५९ औ राष्टिय बालदिबस आज बिभिन्न कार्यक्रहरुको आयोजना गरी मनाइएको छ । यसै अबसरमा आज शुक्रबार बिहान नवजागृत बालक्लब तिलाहारले डिमुवा र पातिचौर बजारमा प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ ।
सो प्रभातफेरीमा बालअधिकार सम्बन्धी नाराहरु लेखिएका व्यानर र प्लेकार्डहरु लिएर बजार परिक्रमा गरिएको थियो । समाजमा बालअधिकार सम्बन्धी जनचेतना जगाउन सो कार्यक्रमको आयोजना गरिएको नवजागृत माविका प्रधानाध्यापक बिष्णु प्रसाद सुबेदीले जानकारी दिनुभयो ।
कार्यक्रममा नवजागृत बालक्लबका बिद्यार्थीहरु, नवजागृत स्काउटका सदस्यहरु, जनप्रतिनिधि, शिक्षकहरु लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।

No description available.

No description available.

 

No description available.

Leave a Reply

Your email address will not be published. Required fields are marked *