बेतेनीमा तीन ओटा गाडी जुधे , चार जना घाइते

पर्वत।
जिल्लाको मोदी गाउँपालिका –६ स्थित बेतेनीमा आइतबार दिउँसो तीन वटा गाडीहरू एकापसमा ठोक्किंदा चार जना यात्रु
घाइते भएका छन् ।
बागलुङबाट पोखरा जाँदै गरेको ग १ ज ७४६९ नम्बरको जिपले सोही दिशातर्फ जाँदै गरेको वा. २१ च ३८४ नम्बरको कारलाई ओभरटेक गर्न लाग्दा विपरीत दिशाबाट आइरहेको ट्याक्सीसँग ठोक्किन पुगेको थियो । तीन वटै गाडी आपसमा ठोक्किदा ध.१ ज १०८७ नम्बरमा सवार यात्रुहरू घाइते भएका हुन् ।

उक्त दुर्घटनामा घाइते भएका यात्रुलाई उपचारका लागि पोखरा लगिएको डिमुवा प्रहरी चौकी इन्चार्ज तोरणध्वज पौडेलले जानकारी दिनु भयो ।

प्रहरीका अनुसार घाइतेमध्ये एक जनाको टाउकोमा चोट लागेको छ भने बाँकी यात्रुको गोडामा चोट लागेको छ ।
तीनवटै गाडीका चालकलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *