काठमाण्डौ ।
राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा नियुक्त हुनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा आज राष्ट्रपति रामचन्द्र पौडेलले न्यौपानेलाई सामान्य प्रशासन मन्त्रीमा नियुक्त गर्नुभएको हो ।
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आजै बिहान पदबाट राजीनामा दिनुभएको थियो । कास्कीको लिची बगानको जग्गा सम्बन्धी घुसको डिल भएको अडियो सार्वजनिक भएपछि उहाँले पदबाट राजीनामा दिनुभएको हो ।
